काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रवि लामिछानेमाथि छानबिन गर्ने विषयलाई बटमलाइन कायमै राखेको छ।
बुधबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन्।
बिहीबार दिउँसो २ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको बैठकले यस विषयमा थप रणनीति तय गर्ने उनको भनाइ छ।
बैठकमा सबै सांसदहरूका कुरा सुनिने उनको भनाइ छ।
सहकारी ठगीका विषयमा देशैभरको छानबिन गरेर जान पनि कांग्रेस तयार रहेको उनको भनाइ छ।
तर उपप्रधानमन्त्री एवं गृहमन्त्रीमाथि नै प्रश्न उठेपछि उनीमाथि पनि छानबिन गर्नुपर्छ भन्नेमा आफूहरू अडिग रहेको उनले बताए।
कांग्रेस सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले संसदमा आउन लागेको तर सत्तापक्षले यो विषयलाई अतिरञ्जित गरी अदालतको निर्णयमाथि प्रश्न उठाएको उनको भनाइ थियो।


