विराटनगर– एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
यसअघिका मुख्यमन्त्री केदार कार्कीले निर्धारित समय (वेशाख २५) भित्र विश्वासको मत लिने प्रक्रिया पनि अघि नबढाएको र राजीनामा पनि नदिएको भन्दै एमाले र माओवादीले उनलाई हटाएर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै आएका थिए।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै कार्कीले दाबी पेस गरेका थिए।
मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गराएर खापुङलाई नियुक्त गरेका हुन्।
सरकार गठनको आह्वानविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत पुगेका छन्। उनले दायर गरेको रिट दर्ता भएको छ।
कार्कीले प्रदेश प्रमुखको आह्वानलाई बदर गरी आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन्।


