काठमाडौँ- डा सीके राउत नेतृत्वको जनमत पार्टीले जेठ १५ गते नौलो गणतन्त्रको आन्दोलन गर्ने भएको छ।
यसका लागि पार्टीले प्रचारप्रसारको कामलाई तीव्रता दिएको छ।
‘नौलो गणतन्त्र सामाजिक लोकतन्त्र २०८१ जेठ १५ गते काठमाडौको भृकुटीमण्डप जाऔ नौलो गणतन्त्रको आन्दोलनमा सहभागी होऔ ‘ लेखिएको गुलाबी रङ्गको सिके राउतको फोटो भएको पोस्टर अहिले काठमाडौँ महानगरभित्रका पोल र भित्ताहरुमा देख्न सकिन्छ।
यसरी पोस्टर टाँस्ने काम काठमाडौँ महानगरको फोहोरमैला तथा वातावरण ऐन विपरीत देखिन्छ।
महानगरले सार्वजनिक स्थान, भित्ता, विद्युत, टेलिफोनका पोलमा प्रचारप्रसार गर्ने उद्देश्यले टाँस्नेलाइ फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिन एक लाख रुपैयासम्म जरिमाना गर्न सक्ने कानुन बनाएको छ।
केही समय अगाडि महानगरपालिकाले जथाभावी पोस्टर पोलमा टाँसेर वातावरण प्रदूषित गरेको भन्दै चलचित्र ‘बगान’का निर्मातालाई जरिमाना तिराएको थियो।
चलचित्र बगानका निर्माता सुरेश वाग्लेले ५० हजार जरिवाना तिरेका थिए।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


