सल्यान- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि सल्यानको दार्मा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रचण्ड आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिएका छन्।
गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको छ।
गाउँपालिकाले वैशाख २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।



