काठमाडौँ- स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित काठमाडौको मालीगाउँबाट पक्राउ परेका दुई जना सुन तस्करीमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
शुक्रबार बिहान पक्राउ परेका उनीहरू सुन तस्करीमा संलग्न भएको देखिएको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना बुटवलका हुन्। दुवैजना यसअघि पनि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए।
उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो।


