ललितपुर- रुखको हाँगा काटेको भन्दै ललितपुर महानगरपालिकाले ५ हजार रुपैयाँ जरिमाना गरेको छ।
भैसेपाटीस्थित सडक छेउको एक मासु पसलले रुखको हागा काटेको भन्दै महानगरपले जरिमाना गराएको हो।
महानगर प्रहरी गस्ती हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराएको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए।
‘रुखको हाँगा काटेकोमा जरिवाना तिराएको सायद नेपालमै पहिलो होला,’ उनले भने, ‘ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउँमा पनि काट्न नदिन सचेत मात्र गराएका हौँ।’
महानगरले भर्खरै मात्र १५ सदस्यीय वातावरण नगर प्रहरी बल गठन गरेर महानगरको वातावरण संरक्षणमा काम गरिरहेको छ।






