काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। प्रतितोला तीन सय रुपैयाँले सुनको मूल्यमा कमी आउँदा चाँदीको मूल्यमा १० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँ छ।
यस्तै तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
आइतबार छापावाला सुन १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार कारोबार भएको थियो।
त्यसैगरी, चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा खरिदबिक्री भएको छ। आइतबार एक हजार ७२५ रुपैयाँमा खरिद बिक्री भएको थियो।


