काठमाडौँ- नेपालमा हालसम्म ९८ प्रतिशत नागरिकको घरसम्म बिजुली पुगेको दाबी सरकारले गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकका आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो उल्लेख गरेका हुन्।
नीति तथा कार्यक्रममा ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेकोसमेत लेखिएको छ।


