काठमाडौँ– सरकारले विदेशी लगानी भित्र्याउन पहल गर्ने घोषणा गरेको छ।
आर्थिक विकासका लागि उद्योगी व्यावसायीहरूको मनोबल उच्च राख्ने गरी कार्यक्रमहरू अघि बढाउने पनि उल्लेख गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा वाचन गरेको आगामी आर्थिक वर्ष २०८१/0८२ को वार्षिक नीति तथा कार्यक्रममा यो विषय उल्लेख भएको हो।
सहकारी बचत तथा कर्जा असुली न्यायाधिकरण मार्फत् सहकारीको बचतको सुरक्षा गर्ने पनि उल्लेख छ।
त्यस्तै बचत तथा ऋण सहकारीलाई गाभिने प्रोत्साहन गर्ने पनि सरकारको नीति हुनेछ।


