काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण कम्पनीको इजाजतपत्र खारेज गरेको छ। मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार सूचना जारी गर्दै विभिन्न निर्माण कम्पनीको इजाजत रद्द गरेको जानकारी गराएको हो।
चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेका व्यवसायीको इजाजतपत्र खारेज गरिएको सूचनामा उल्लेख छ।
इजाजत खारेज हुनेमा पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँ-१६, टौदह कन्स्ट्रक्सन, चाल्नाखेल, बराह कन्स्ट्रक्सन धरान-१६, धमला निर्माण सेवा, विराटनगर नरेश निर्माण कम्पनी सेवा, नेपालगञ्जलगायत छन्।



