काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले विश्वासको मत पाएका छन्।
बिहीबार दिउँसोको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।
सोडारीलाई २८ सासंदले विश्वासको मत दिए।
बैठकमा २८ जना मात्र सांसद उपस्थित थिए।
उनको विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको जानकारी दिएका थिए।


