काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक दुई दिन सारेका छन्।
कांग्रेसले अवरोध गरिरहने अडान यथावत राखेपछि प्रतिनिधि सभाको बैठक सारेका हुन्।
प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान ११ बजे गरी बोलाइएको छ।
राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेको भन्दै प्रतिनिधि सभा बैठक सारिएको हो।
यसअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेपनि कुनै निष्कर्ष ननिस्किएपछि ११ बजेका लागि तोकिएको प्रतिनिधि सभा बैठक २ बजेका लागि सारिएको थियो।
दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ।
निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच बेग्लैबेग्लै छलफल भएको छ।



