काठमाडौँ- यस वर्ष ७६४ जना हजयात्री साउदी अरेबिया जाने भएका छन्। १० जना प्रतिनिधिमण्डलसहित उनीहरूलाई विभिन्न टोलीमा साउदी पठाइने गृह मन्त्रालयले जानकारी दिएको छ।
हिजरी संवत् १४४५ को हजका लागि गत बुधबार पहिलो समूहमा १५० जना साउदी अरब प्रस्थान गरेका थिए। दोस्रो समूहमा बिहीबार बिहान १५० जना साउदी प्रस्थान गरे। आइतबार राती २ बजे चौथो समूहमा १४८ जना साउदी प्रस्थान गर्दैछन्। आइबार बिहान अन्तिम समूहमा १६४ जना हजका लागि साउदी प्रस्थान गर्नेछन्।
शुक्रबार तेस्रो समूहमा १५२ जना हजका लागि साउदी प्रस्थान गरेका छन्। उनीहरूको टोलीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।
एयर अरेबिया एयरलाईन्स मार्फत गएका हजयात्री युएईको शारजहा हुँदै साउदी पुग्नेछन्।
साउदीको मक्का मदिनालाई इस्लाम धर्मालम्बीको सबैभन्दा ठूलो तीर्थ मानिन्छ। मुस्लिम धर्मावलम्बीहरू आफ्नो जीवनकालमा कम्तीमा एकपटक हजयात्रा गर्न चाहन्छन्।
प्रत्येक वर्ष नेपालबाट हजयात्राका लागि जाने गरेका छन्।



