काठमाडौँ- काठमाडौं-तराईं/मधेस द्रुतमार्ग सडक (फास्ट-ट्र्याक) आयोजना अन्तर्गत लेनडाँडा सुरूङमार्ग वारपार (ब्रेक थ्रु) भएको छ।
शुक्रबार प्याकेज नम्बर २ मा रहेको मकवानपुर बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरूङ वारपार भएको हो।
द्रुतमार्गमा कम्तीमा आउने र जाने सुरुङ बनाइने छ। दुईमध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरूङको वारपार भएको नेपाली सेनाले जानकारी दिएको हो।
अर्कोतर्फको सुरूङमार्ग विशेष कार्यक्रमसहित वारपार भएको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।


