२०८३ कार्तिक २१ गते शुक्रबार

चैतमा मात्रै १ अर्ब ८० करोड रकमान्तर, साढे ३१ अर्ब थप निकासा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १४
artha_finance_mof ministry (3)
सिंहदरवारस्थित अर्थ मन्त्रालय। फाइल तस्बिर

काठमाडौं- अर्थ मन्त्रालयले चैत महिनामा १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ बराबरको रकमान्तर गरेको छ। मन्त्रालयले यस चैतमा ३१ अर्ब ४१ करोड थप निकासा समेत भएको मन्त्रालयले जानकारी दिएको छ।

यस पटक पनि सबैभन्दा धेरै बूढीगण्डकी जलिविद्युत आयोजनाको बजेट कटौती गरिएको छ। बूढीगण्डकी जलविद्यत आयोजनाको १९ करोड रुपैयाँ बजेट नदी नियन्त्रणमा रकमान्तर भएको छ।

बूढीगण्डकीकै बजेट कटौती गरेर २ करोड १० लाख रुपैयाँ बृहत सरकारी सिँचाई योजना तथा पुर्नस्थापना तथा व्यवस्थापन हस्तान्तरण, २ करोड ५० लाख रुपैयाँ सुन्सरी मोरङ सिँचाई आयोजना(तेस्रो) र २ करोड रुपैयाँ समृद्ध तराईं मधेस सिँचाई विशेष कार्यक्रमका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यस्तै उक्त परियोजनाको ६ करोड रुपैयाँ बजेट भुमिगत स्यालो तथा डिप ट्व‍वेल सिँचाई आयोजनाका लागि रकमान्तर गरिएको छ।

यस पटक सबैभन्दा धेरै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट सिचाई परियोजनाका लागि रकमान्तर गरिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको पालुङटार कुन्दुरटार सिँचाई आयोजना परियोजनाको ३ करोड ६४ लाख रुपैयाँ नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ।

नदी नियन्त्रणका लागि भन्दै उक्त मन्त्रालयको सिँचाई पुनर्स्थापना आयोजना(कुवेत फण्डको) ३ करोड ९० लाख रुपैयाँ नदी नियन्त्रण र समृद्ध तराई मधेश सिँचाई विशेष कार्यक्रमका लागि रकमान्तर गरिएको छ। यसैगरी नदी नियन्त्रणका लागि विनियोजित १ करोड ५० लाख रुपैयाँ बराबरको बजेट सुनसरी मोरङ सिँचाई आयोजनाका लागि रकमान्तर गरिएको छ।

सिँचाई मन्त्रलाय अन्तर्गतको ढल तथा निर्माण प्रशोधन कार्यक्रमबाट ४ करोड २८ लाख रुपैयाँ बराबरको बजेट खानेपानी सेवा विस्तार तथा पुर्नस्थापना कार्यक्रम, २१ करोड रुपैयाँ जलवायु अनुकुलित बृहत खानेपानी आयोजना, ४ करोड ५० लाख रुपैयाँ खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि रकमान्तर गरिएको छ।

यसैगरी भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको उत्तर-दक्षिण राजमार्गको ९ करोड रुपैयाँ बराबरको बजेट कटौती गरेर काठमाडौं उपत्यका सडक विस्तार परियोजनाका लागि रकमान्तर भएको छ।

प्रदेश राजधानी जोड्ने स्तरोन्नति कार्यक्रमको १० करोड रुपैयाँ बजेट कटौती गरेर निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दिइएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी सघन विकास कार्यक्रमको १६ करोड ८३ लाख रुपैयाँ बराबरको बजेट नयाँ सहर योजना कार्यक्रमका लागि रकमान्तर गरिएको छ।

मन्त्रालयले ३१ अर्ब ४१ करोड रुपैयाँ विविध शीर्षकमा थप निकासा गरेको छ। जसमध्ये सबैभन्दा धेरै आन्तरिक ऋणको भुक्तानीका लागि २७ अर्ब रुपैयाँ थप निकासा भएको छ। आन्तरिक ऋण अन्तर्गतको विकास ऋणपत्र भुक्तानीका लागि थप निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

थप निकासा लिनेमा राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखहरू, संघीय संसद, लोकसेवा आयोग, न्याय परिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, खानेपानी मन्त्रालय, गृह मन्त्रालय छन्। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि आन्तरिक ऋण भुक्तानीका लागि थप निकासा पाएका छन्।

प्रकाशित: २०८० बैशाख १४ गते बिहिबार ०४:०३
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना