काठमाडौँ- सुनको मूल्य ओरालो लागेको छ। मंगलबार सुनको मूल्य तोलामा रु एक हजार दुई सयले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ४० हजार ६ सय निर्धारण गरिएको छ।
यस्तै तेजाबी सुन सोमबार तोलामा रु १ लाख ४१ हजार १ सयमा कारोबार भएकामा आजका लागि रु १ लाख ३९ हजार ९ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ।
चाँदीको मूल्य पनि तोलामा रु ५५ ले घटेको छ।
सोमबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ।


