काठमाडौँ- नेपाली कांग्रेसले सहकारी पीडितलाई न्याय दिलाउने कर्तव्यबाट कदापि च्युन नहुने बताएको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट बोल्दै बद्रिप्रसाद पाण्डेले उक्त कुरा बताएका हुन्।
‘लाखौं सहकारी पीडितहरूलाई न्याय दिने कर्तव्यबाट कदापि च्यूत हुने छैनौँ,’ उनले भने।
उनले बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता नभएसम्म आफूहरूको लडाइँले विश्राम नपाउने बताए।
गृहमन्त्री रवि लामिछानेले संसदको रोस्टममा उभिएर लाखौँलाई बराल्ने काम गरेको पनि उनको आरोप छ।


