काठमाडौँ- सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको छ।
जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार गृहमन्त्री रवि लामिछानेले प्रस्तुत गरेको विधेयक फिर्ता लिने प्रस्ताव पारित भएको हो।
नाराबाजीका बीच सभामुखले धमाधम सरकारका काम अघि बढाइरहेका छन् भने प्रतिपक्षी दलहरूलाई पेलिरहेका छन्।
सभामुखले समय दिएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘केही नेपाल ऐन, संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सदनमा पेस गरे।
प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ।


