२०८३ कार्तिक २० गते बिहिबार

सिरोहिया पक्राउपछि कसले के भने ? 

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ९
kasle k vane

काठमाडौँ- सरकारले मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्‍यो। उनी पक्राउ परेपछि नेपाली राजनीति र प्रेसमा नयाँ तरंग उत्पन्न भएको छन्।

सामाजिक सञ्जालमा हरेकले आ–आफ्नो प्रतिक्रिया दिन थालेका छन्। तर, अधिकांशले प्रतिक्रियामा सरकारले सिरोहियालाई पक्राउ गर्नु गलत भएको सन्देश प्रवाह गरेका छन्।

सामाजिक सञ्जाल र विभिन्न व्यक्तिहरूको प्रतिक्रिया हेर्दा घटना प्रतिशोधका कारण उत्पन्न भएको सन्देश प्रवाह भइरहेको पाइन्छ। दुई वटा राहदानी बोकेका गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा सोधपुछ समेत नगरेर पक्राउ गर्नुलाई सबै जसोले प्रतिशोध साँधेको रुपमा लिएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम रहेको बताएका छन्।

‘मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि कैलाश सिरोहिया पक्राउको विरोध गरेका छन्। उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको बताएका छन्।

प्रहरीले मंगलबार साँझ सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ गरेपछि राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

सहकारी ठगीमा तथ्य र प्रमाणसहित निरन्तर समाचार प्रकाशन गरेको प्रतिशोध राज्यले लिएको लिङ्देनको भनाइ छ। ‘कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुने नै छ। तर, सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ,’ अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यसप्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो।’

यस्तै, कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु अपराध ढाकछोप गर्न गरेको दुष्प्रयास भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत थापाले बदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न सिरोहियालाई पक्राउ गरिएको बताएका हुन्।

उनले लेखेको छन्, ‘प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुँदैन। गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ। म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो। मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो। आफुमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशतामा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन् हेक्का रहोस्।’

कांग्रेस नेता रमेश लेखकले सरकार बिनासकाले विपरीत बुद्धिको बाटोमा लागेको बताएका छन्। उनले एक्लो गृहमन्त्री नभएर सरकार नै गैरजिम्मेवार, निरंकुश, आग्रहपूर्वाग्रह र निरंकुश र प्रतिशोधबाट चलेको बताए।

‘संसद्‌भित्र र बाहिर देखिने गरी सरकारले गरेका कामहरू अलोकतान्त्रिक छन्। लोकतन्त्रको पक्षमा लामो संघर्ष गरेको सञ्चारगृह र त्यसका प्रमुख माथिको आक्रमण भनेको सरकारको अलोकतान्त्रिक र निर्लज्जता हो,’ लेखकले भने, ‘अब गृहमन्त्रीमाथि मात्रै प्रश्न आएन। पक्राउ हुनासाथ प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोलाएको के गर्नु भएको भनेर सोधेको भए गृहमन्त्रीको मात्रै विषय हो कि भन्ने हुन्थ्यो। तर प्रधानमन्त्रीले यसमा मौनता राख्नु नै सरकारको काम हो भन्ने पुष्टि हुन्छ,’ लेखकले भने।

यस्तै, पूर्वमन्त्री राजेन्द्र महतोले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई राज्यशक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको बताएका छन्। राष्ट्रिय मुक्ति क्रान्तिका तर्फबाट विज्ञप्ति जारी गर्दै महतोले कान्तिपुर दैनिकले गरिरहेको समाचार सम्प्रेषणमाथि राज्यले गैरजिम्मेवार व्यवहार देखाएको उल्लेख गरेका छन्।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कान्तिपुर दैनिकको कार्यालयबाट मंगलबार साँझ पक्राउ गरिएको थियो। उक्त पक्राउको विरोधमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक महतोले विज्ञप्ति जारी गर्दै बिनाशर्त रिहाइ गर्न पनि माग गरेका छन्।

‘अमुक व्यक्तिले दायर गरेको भनी धनुषा जिल्ला अदालतको आदेशअनुसार दोहोरो नागरिकता लिएको आरोपमा देशको प्रमुख सञ्चार गृह कान्तिपुर पब्लिकेशन्स् प्रा. लि.का अध्यक्ष कैलाश सिरोहियालाई नेपाल प्रहरीले आफ्नै कार्यकक्षबाट पक्राउ गर्नु शक्ति दुरुपयोग मात्र हैन प्रेस स्वतन्त्रता माथिको गम्भीर प्रहार हो,’ महतोले लेखेका छन्, ‘वर्तमान गृहमन्त्री रवि लामिछानेले सहकारीमा नागरिकले संकलन गरेको पैसाको दुरुपयोग गरेको भनि सडक देखि संसदसम्म विरोध भइ रहेको छ। उनको दोहोरो पासपोर्ट लगायतको विषयमा कान्तिपुरले गरेको रिपोर्टिङलाई व्यक्तिगत तुष्टिको रुपमा लिँदै शक्तिको दुरुपयोग गरेर जसरी एक जिम्मेवार संचारगृहमाथि प्रहार भएको छ, यसले राज्यको गैरजिम्गेरी प्रष्ट देखाउँदछ।’

महतोले सहकारी प्रकरणको निष्पक्ष छानबिन तथा दोहोरो राहदानी प्रकरणलाई न्यायिक निष्कर्षमा पुर्‍याउन लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्नुपर्ने माग पनि गरेका छन्।

सिरोहिया पक्राउको विपक्षमा महासंघ

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिनु निन्दनीय भएको बताएका छन्।

प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई कार्यालय समयभित्र कार्यकक्षमा पुगेर गिरफ्तार गरिनु निन्दनीय भएको उनले बताए। यो कार्यले सिंगो मिडिया क्षेत्र नै आतङ्कित भएको उनको भनाई छ।

उनले भने, ‘खासगरी राज्यले कोही पनि नागरिकमाथि अनुसन्धान गर्न पाउँछ। त्यसमा कुनै बहस गर्नु आवश्यक छैन। तर, अनुसन्धानका पनि निश्चित विधि छन्, तौरतरिका छन्। एउटा मिडिया हाउस, त्यो पनि प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई जुन ढंगले कार्यालय समयभित्र कार्यकक्षमा पुगेर बलजफ्ती गिरफ्तार गर्नु अत्यन्त निन्दनीय छ। यसले सिंगो मिडिया क्षेत्रलाई नै आतङ्कित गरेको छ।’

विश्वभर नै मिडिया हाउसभित्र प्रहरीको प्रवेशलाई राम्रो अभ्यास नमानिने उनले स्पष्ट पारेका छन्। उनले मिडिया हाउसलाई राज्य वा गैर राज्य दुवै पक्षले आतङ्कित गर्न नहुने बताएका छन्।

‘संसार भरी नै मिडिया हाउसभित्र प्रहरीको प्रवेशलाई राम्रो अभ्यास मानिदैन। किनकी हामीले स्रोतको संरक्षणको कुरा गछौँ। सूचनाको सुरक्षाको कुरा गर्छौँ। त्यसकारण मिडिया हाउसलाई आतङ्कित गर्ने, जो पनि प्रवेश गर्ने, राज्यको होस कि गैर राज्य होस पस्न सक्ने अभ्यासलाई सही भन्न सक्दैनौँ। आज जुन ढंगले कान्तिपुरमा प्रहरीको प्रवेश भएको छ यसले शंका गर्ने ठाउँ छ। फेरि यत्तिको प्रतिष्ठित मान्छेलाई, राज्यले पनि चिन्ने मान्छेलाई अनुसन्धानका लागि बोलाउँदा उहाँ आफैं पनि जानु हुन्थ्यो होला। तर, कार्यालय समयमा कार्यालयमै प्रवेश गरेर जसरी गिरफ्तार गरेको छ राज्यले सही चरित्र देखाउन सकेन। यसबाट राज्य आतंक भनेर व्याख्या गर्ने ठाउँ दिएको छ। राज्यले असल अभ्यास गरोस् भन्ने चाहन्छौँ । यो घटनाले राज्यले असल अभ्यास गरोस् भन्ने चाहनेहरू निराश भएका छौँ।’

सिरोहिया पक्राउमा गम्भीर ध्यानाकर्षण भएको छ : अकोराब

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कुनै पनि आरोपबारे राज्यका निकायले छानबिन गर्न पाउने कुरामा दुईमत नरहे पनि यो घटनाले केही गम्भीर शंका उपशंका जन्माएको अकोराब द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘गृहमन्त्री सहकारी ठगी प्रकरणमा जोडिएको बारेमा लगातार समाचार प्रकाशित गरिरहेको कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक सिरोहियाले आफूमाथि लागेको आरोपबारे न्यायिक छानबिनमा सघाउने बताइरहेका बेला कार्यकक्षबाटै पक्राउ गरिनु स्वतन्त्र प्रेस विरुद्ध राज्यले साँध्ने निशाना र प्रतिशोधपूर्ण रहेको बुझ्न कठिन छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘एउटा स्वतन्त्र पत्रकारिता संस्थाका प्रमुखलाई यसरी अनावश्यक रूपमा थुनामा राख्नु निन्दनीय कदम हो। स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको आधारशीला हो। सञ्चार जगतले निर्भीक र स्वतन्त्र रूपमा आफ्नो काम गर्न दिनुपर्छ।’

विज्ञप्तिमा प्रहरी प्रशासनले पत्रकारहरूलाई यसरी निशाना बनाउनु उचित नभएको र उक्त घटनालाई अकोराब विरोध गर्दै प्रजातान्त्रिक मूल्य मान्यतालाई कायम राख्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: २०८१ जेठ ९ गते बुधबार ०६:३०
प्रतिक्रिया

थप समाचार

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना