काँर्केविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिएका छन्।
आज प्रदेश प्रमुख तिलक परियारले उनलाई शपथ खुवाएका हुन्। यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिएका थिएनन्।


