काठमाडौँ- नेकपा एकीकृत समाजवादीले संसदको अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षीसँग छलफल गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा सदनको गतिरोध हटाउन प्रधानमन्त्री र गृहमन्त्रीका साथै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबी गर्दै संसदीय छानबिन समिति बनाउन माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ।
समिति बनाउन सत्तापक्ष पनि तयार भए पनि टीओआरमा कुरा मिल्न सकेको छैन। कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गरेर समिति बनाउनुपर्ने अडान राखेको छ।


