काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव डा अग्नेज कल्लामार्डले भेट गरेकी छन्।
नेपाल भ्रमणमा रहेकी महासचिव कल्लामार्डले देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेकी थिइन्।
भेटमा प्रेस स्वतन्त्रता, संक्रमणकालीन न्याय र सीमान्तकृत समुदायको अधिकारलगायतका विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।
एम्नेस्टी इन्टरनेसनल मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था हो।


