काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठक उपलब्धिविहीन भएको छ।
शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सहमति जुट्न नसकेपछि शीर्ष नेताको भेला भएको थियो।
बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपनि सकारात्मक कुराकानी भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।
भेलामा कांग्रेसले समसामयिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेको थियो।
उसले सदनमा गृहमन्त्री रवि लामिछानेले दिएको अभिव्यक्तिका विषयमा पनि प्रश्न उठाएको थियो।
‘उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जुन कुरा गर्नुभएको छ। कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको विषयमा ध्यानाकर्षण गराएका छौं,’ लेखकले भने, ‘यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं।’


