काठमाडौँ- बजारमा इन्धनको माग घटेपछि यो वर्ष २२ अर्ब रुपैयाँ कमको इन्धन आयात भएको छ।
चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा २ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।
सोही अवधिमा गत आर्थिक वर्षमा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।
बजारमा विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ।
विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल आएको छ ।
यस्तै ५६ अर्ब ८० करोड रुपैयाँ बराबरको पाँच लाख ६७ हजार किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै १७ अर्ब ५८ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको एक लाख ६५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ।
यस्तै ४६ अर्ब ९८ लाख रुपैयाँ बराबरको चार लाख ३५ हजार ९६३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ।
अत्यावश्यक रूपमा रहेको पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन नहुने भएकाले वार्षिक खर्बौं रुपियाँको आयात गर्नुपर्ने बाध्यता छ। गत आवको पहिलो १० महिनामा एक खर्ब २५ अर्ब ३६ करोडको डिजेल, ५५ अर्ब ७९ करोडको पेट्रोल र ४९ अर्ब ७२ करोडको ग्यास आयात भएको विभागको तथ्याङ्क छ।
विभागका अनुसार विद्युुतीय गाडीको प्रयोगसँगै विकास निर्माणको काम तीव्रगतिमा नहुुँदा डिजेलको खपत अघिल्लो १० महिनाको तुुलनामा १० अर्ब रुपियाँले कमी आएको तथ्याङ्क छ। औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ। आर्थिक गतिविधि नियमित नहुुँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुुन सकेका छैनन्।
यस्तै खाना पकाउने ग्यासको आयात झन्डै तीन अर्ब रुपियाँले कमी आएको छ। पछिल्लो समय विद्युुतीय चुुलोको प्रयोग बढ्दै गएकाले बजारमा खपत हुँदा ग्यासमा समेत कमी आएको हो।
ग्यासभन्दा सस्तो पर्ने र प्रयोग गर्ने छिटो छरितो हुुने भएकाले पनि विद्युुतीय चुुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएको छ। बिजुुलीको आपूूर्ति नियमित हुँदा अधिकांश उपभोक्ताको घरमा विद्युतीय चुुलोको प्रयोग धेरै हुने गर्छ।


