२०८३ कार्तिक २४ गते सोमबार

‘स्रोतसाधनको उपलब्धताका आधारमा योजना छनोट गरिनुपर्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १२
bir-bahadur-shahi-dolpa-1714538882 (1)

काँर्केविहार (सुर्खेत)- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने योजनाका विषयमा डोल्पाका जनप्रतिनिधिसँग छलफल गरेका छन्।

उनले आज डोल्पाका सबै पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमखलगायत सरोकार भएकाहरूसँग बजेटमा समेटनुपर्ने विषयवस्तुका विषयमा छलफल गरेका हुन्। त्यसक्रममा मन्त्री शाहीले अघिल्ला आर्थिक वर्षका सिकाइ, अनुभव र कमजोरीहरूलाई ध्यानमा राखी समग्र प्रदेशको विकासमा योगदान गर्ने गरी सरकारले बजेट ल्याउने बताए।

उनले स्थानीय तहले पनि स्रोतसाधनको उपलब्धता र जनतालाई अत्यावश्यक योजनामा बजेट विनियोजन गर्न आग्रह गरे। पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधि र दोस्रो चरणमा १० जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुसँग छलफल गरेर बजेट निर्माणमा थप अपनत्व सिर्जना गर्न आफूले प्रयास गर्नेसमेत उनले प्रतिवद्धता व्यक्त गरे।

छलफलमा जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकाय, मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही, ठुली भेरी नगरपालिकाका प्रमुख श्वबर्णकुमार बुढा, शे—फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङलगायतले स्थानीय तहको स्रोतसाधन र बजेटले जनआकाङ्क्षा पूरा गर्न नसक्ने भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए। उनीहरू शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा पर्याप्त बजेट व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारले कर्णालीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

छलफलमा सहभागी नागरिक समाजका प्रतिनिधिहरूले समेत व्यक्तिको पहुँच र आवश्यकताभन्दा समग्र क्षेत्रको आवश्यकता, सामूहिकरूपमा भोगिरहेका समस्या समाधानका लागि योजना छनोट र बजेट व्यवस्थापन गर्न आग्रह गरेका थिए।

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट ल्याइएको थियो।

प्रकाशित: २०८१ जेठ १२ गते शनिवार ०६:२५
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना