काठमाडौँ- सार्वजनिक संस्थानहरुको नाफा १ खर्ब ४ अर्ब पुगेको छ।अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधि सभामा पेस गरेको आर्थिक सर्वेक्षणमा गत आवमा संस्थानको नाफामा १ खर्ब नाघेको उल्लेख गरिएको हो।
आर्थिक वर्ष २०७९/८० मा अस्तित्वमा रहेकामध्ये २६ वटा संस्थानले नाफा आर्जन गरेका छन् भने १५ वटा संस्थान घाटामा रहेका छन्। ३ वटा संस्थानको कारोबार शून्य रहेको छ।
नेपाल आयल निगमले गत आवमा ११ अर्ब ७२ करोड नाफा गरेको थियो। सले अघिल्लो आव आ.व.२०७८/७९ मा ३८ अर्ब १७ करोड ७८ लाख घाटा खाएको थियो। हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको संख्या ४४ वटा छन्।
औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन्। स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन्।
२०८० असार मसान्तसम्म कायम रहेका ४४ संस्थानमध्ये कम्पनी ऐन बमोजिम स्थापना भएका ३३ वटा, विशेष ऐनबमोजिम स्थापना भएका ७ वटा, सञ्चार संस्थान ऐन बमोजिम स्थापना भएका २ वटा, सहकारी ऐन बमोजिम स्थापना भएका १ वटा र संस्थान ऐन बमोजिम स्थापना भएको १ वटा संस्थान रहेका छन्।


