काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीको बैठक बोलाएका छन्।
सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलाएको वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाए कांग्रेस सांसद जीवन परियारले जानकारी दिए।
आफ्नै निवासमा दिउँसो १ बजे आउन सभापति देउवाले खबर पठाएका छन्। बैठकले सहकारी प्रकरणका अपनाउन सकिने लचकताका सम्बन्धमा छलफल गर्ने बताइएको छ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुन पर्ने माग गर्दै आएपनि सत्ता पक्षका दलहरू रविलाई जोगाएर छानबिन गर्ने पक्षमा रहँदा सहमति भएको छैन।
कांग्रेसले लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिँदै आएको छ। उक्त अडानलाई लचक बनाउने वा यथावत् राख्ने भन्ने सम्बन्धमा पदाधिकारी बैठकमा छलफल हुनेछ।


