काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को बजेट वाचन गर्न तयार अर्थमन्त्री वर्षमान पुनले बजेट ब्रिफकेस सार्वजनिक गरेका छन्। मन्त्रिपरिषद् बैठकमा सहभागी हुनअघि पुनले फेरिएकाे ब्रिफकेस सार्वजनिक गरेका हुन्।
मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ। यसअघिका अर्थमन्त्रीहरुले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै आएका थिए।
मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै संसद्को संयुक्त सदनमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन्। मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ।
ढाकाको कपडाका लागि पाल्पा र तेह्रथुम प्रसिद्ध छन्। २०७९ असार २१ गते सरकारले तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरेको थियो।


