काठमाडौँ- दोस्रो पटक अर्थमन्त्री बनेका वर्षमान पुनले पहिलो पटक सदनमा बजेट भाषण प्रस्तुत गरेका छन्।
२०६८ भदौ १२ मा डा. बाबुराम भट्टराईको नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भएका पुनले पहिलो पटक सदनमा बजेट प्रस्तुत गर्न पाएका हुन्।
बजेट प्रस्तुत गर्दै पुनले हालसम्म प्रतिव्यक्ति आय १४५६ डलर पुगेको उल्लेख गरेका छन्। यस्तै ३०६० मेगावाट विद्युत उत्पादन पुगेको बजेटमा उल्लेख छ। यस्तै ९८ प्रतिशत नागरिकमा बिजुली पुगेको उनको भनाइ छ।
सबै जिल्लामा सडक पुगेको र हाल १ लाख ५ हजार किमि सडक बनेको उनको भनाइ छ।
यस्तै ५ हजार ४२ वटा बैंक शाखा पुगेको उनले उल्लेख गरे। बजेटमा २०.३ प्रतिशत निरपेक्ष गिरिबी पुगेको उल्लेख छ।
अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले आफ्नो जीवनकालमा पहिलो पटक पूर्ण बजेट ल्याएका हुन्। झन्डै १३ वर्ष अगाडि पनि अर्थमन्त्री भएका पुनले पूर्ण बजेट ल्याउन पाएका थिएनन्।
पुनले झन्डै १८ महिना अर्थमन्त्री हुँदा पनि दुई पटक पूरक बजेट मात्र ल्याउन पाएका थिए।
















