काठमाडौँ- सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ आयव्यय हुने अनुमान पेस गरेको छ।
चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ६१.३१ प्रतिशत हो।
विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ।
यो कूल बजेटको १८.९४ प्रतिशत छ।
यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ। यो १९.७४ प्रतिशत हो।
यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो।
संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो।
पूर्णपाठ


