काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले दुवै सदनको संयुक्त बैठकमा आगामी आवको बजेट पेस गर्दै यस्तो अनुमान पेस गरेका हुन्।
‘आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छु,’ बजेटमा लेखिएको छ।
मूल्यवृद्धि भने आर्थिक वृद्धि भन्दा पनि कम हुने बजेटको अनुमान छ।
बजेटले मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ।
बजेटमा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा हुने बजेटको विश्वास छ।


