२०८३ कार्तिक २२ गते शनिवार

बजेट प्रति मिश्रित प्रतिक्रिया

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १५
BUDGET_BACHAN (7)

सुदूरपश्चिम- अर्थमन्त्री वर्षमान पुनले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र८२ को बजेट तथा कार्यक्रमप्रति सुदूरपश्चिम प्रदेशबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको छ।

धनगढी निवासी अर्थशास्त्रका जानकार शिवहरि मुडभरीले यस पटकको बजेट नयाँ र छुट्टै आउने विश्वास गरिएकोमा त्यो पूरा नभएको प्रतिक्रिया दिए। कृषि क्षेत्रलाई प्राथमिकता दिइनु बजेटको राम्रो पक्ष भएको बताए। उपभोक्ता अदालतको गठन, महिलाको लागानी वर्ष, कृषि फार्म खोल्ने कुरा, सूचना प्रविधिमा प्रोत्साहनको कुरा बजेटका राम्रा पक्ष भएको उनले बताए।

उनले भने, ‘कूल बजेटको धेरै प्रतिशत चालु खर्चमा, विकास खर्च २० प्रतिशत हाराहारीमा रहेको यो बजेट कार्यक्रमले अर्थ व्यवस्थालाई चलायमान बनाउन सक्दैन।’ सुदूरपश्चिमका लागि नयाँ कुरा बजेटमा नआएको बताउँदै उनले अर्थ व्यवस्था सुधार्न सक्ने देशको औद्योगिकीकरणका लागि खासै प्राथमिकता नदिइएको बताए।

कैलाली बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक डा राजेन्द्रविर चन्दले विगतकै योजनालाई निरन्तरता दिनु, सूचना प्रविधिमा प्राथमिकता, जलविद्युत्, कृषि, स्वास्थ्य शिक्षाको विकास र पर्यटन प्रवर्द्धन गर्ने बजेटका सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिए। उनले भने, ‘बजेटको आकार ठूलो हुँदा यो यर्थाथपरक नहुनसक्छ, यसले गर्दा विगतका र अहिलेको बजेटमा धेरै फरक नहुन सक्छ।’

अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, निर्माणाधीन रानी जमरा कुलरिया सिँचाइ आयोजनाको लागि बजेट विनियोजन, निर्माणाधीन महाकाली सिँचाइ आयोजनामा बजेट विनियोजन र धनगढी विमानस्थलको स्तरोन्नति गर्ने विषय समेटिएको छ।

यसैगरी बैतडीको पाटन विमानस्थललाई साहसिक पर्यटन प्रवर्द्धनका रुपमा विकास गरिने, सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको आर्थिक ‘हब’ बनाउने, कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माण सुरु गरिने, डडेलधुरा अस्पतालको क्षमता विकास गरी स्तरोन्नति गरिने, धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणलाई तीव्रता दिइने र सुदूरपश्चिम प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि कार्यक्रम सञ्चालन गरिने विषय पनि समेटिएको छ।

दुई सय दश मेगावाटको चैनपुर जलविद्युत् आयोजना निर्माण, सेती करिडोर प्रशारण लाइन निर्माण, डोटीको सिलगढीलाई सांस्कृतिक सहरको रुपमा विकास, कञ्चनपुरको दोधारा चाँदनीमा नयाँ नमुनाको वस्ती विकास र बैंकिङ सुविधा नपुगेको बझाङको सैपाल गाउँपालिकामा बैंकिङ सेवा पु(याइने पनि बजेटमा समावेश गरिएको छ।

प्रकाशित: २०८१ जेठ १५ गते मङ्गलबार ०९:२३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना