काठमाडौँ- सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ।
अहिले केहीबेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्नेछ। समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका छन्।
नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन्। माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।
स्रोतका अनुसार एमालेले सहकारी संस्था बचत रकम संसदीय छानबिन समितिको सभापतिमा थापालाई प्रस्ताव गरेको छ।


