२०८३ कार्तिक २४ गते सोमबार

‘लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १८
hidgg

नारायणगढ (चितवन)- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक रहेको बताएका छन्।

आज चितवनको मङ्गलपुरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान चितवनले आयोजना गरेको ‘लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा देखिएका चुनौती र समाधानका उपायहरु विषयक’ प्रवचन कार्यक्रममा उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्वको लागि भावी पुस्ताहरुमा विश्वास र आस्था जगाउँदै यसका राम्रा पक्षहरुबारे जनचेतना जगाउन अभियान चलाउनुपर्ने आजको आवश्यकता भएको बताए।

उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हाम्रो जिम्मेवारी हो। नेपाली कांग्रेस मात्र यसको खतरा पहिचान गरेर अगाडि बढ्न सक्छ। कसैले लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न सक्दैन।’ उनले जुनसुकै पक्षहरुमा चुनौती र बाधाहरु आउने हुँदा यसको निराकरण गरेर अगाडि बढ्नुपर्ने बताए। लोकतन्त्रवादीले यसको पक्षमा अभियान चलाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने उनको धारणा थियो। सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे।

उनले भने, ‘जुन देशमा निर्वाचन प्रणाली छैन त्यहाँका जनता सार्वभौम हुन सक्दैनन्, सार्वभौम जनताको हितमा काम गर्ने लोकतान्त्रिक गणतन्त्र हाम्रो देशमा छ, यहाँ निर्वाचन प्रणाली छ।’ नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली चुनौतीमा रहेकाले यसको समाधानका लागि लोकतन्त्रवादीले पहिला आफैँले बुझेर मात्रै अरुलाई यसबारे बुझाउनु पर्ने धारण राखे। उनले भने, ‘जो यो प्रणालीमा विश्वास गर्दैनन्, तिनिहरुसँग प्रतिस्पर्धा गर्न अगाडि बढ्नुपर्छ।’

नेता निधिले पहिलो संविधानसभाका बेला अमेरिका भ्रमण गएको प्रसङ्ग उल्लेख गर्दै त्यो बेला नेपालमा बस्न सकिएन, नेताहरुले केहि गरेनन्, देश फर्कन्न भन्नेहरु अहिले सत्तामा रहेको सङ्केत गर्दै लोकतान्त्रिक गणतन्त्रको सबल पक्षको गतिलो उदाहरण यही भएको बताए।

प्रकाशित: २०८१ जेठ १८ गते शुक्रबार ०८:१०
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना