२०८३ कार्तिक १२ गते बुधबार

प्रकाशकीय : आरम्भ भयो हाम्रो यात्रा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १
prakas

नेपाली मिडियाको पछिल्लो तस्बिरबारे अनेक कोणबाट बहस भइरहेको छ। मिडियाको चरित्र र कर्तव्यलाई मियोमा राखेर यति धेरै आलोचना र सद्भाव यसअघि कहिल्यै प्रकट भएको थिएन। इन्टरनेटमा पाठक, दर्शक र श्रोताको पहुँच बढ्दै गएपछि त झन् मिडिया विमर्शको अनुक्रम अझै फैलिएको छ। सामाजिक सञ्जालमार्फत् पाठकले मिडिया सामग्रीहरुबारे शीघ्र प्रतिक्रिया दिने अवस्था छ। यसले स्वयं मिडियाले पनि आफूलाई यथासक्य छिटो परीक्षण र पुनः परीक्षण गर्ने स्थिति छ।

मिडियामाथिको आलोचनाको वजन र सन्दर्भको अर्थ एकठाउँमा होला तर हामीलाई के थाहा छ भने मिडियाको खास धर्म भनेको प्रश्न नै हो। मिडियासँग प्रश्न जति बलियो र धारिलो हतियार अर्को हुँदैन। व्यावसायिक पत्रकारिताको घेराभित्र उभ्भिएर गरिने हरेक प्रश्नको सान्दर्भिकता कुनै न कुनै रुपमा जनचासोसँग जोडिएको हुन्छ; जनभावानासँग जोडिएको हुन्छ। राजनीति, समाज, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र होइन, तमाम निजी क्षेत्रसँग हाम्रा प्रश्नहरु कहीँकतै छिप्ने छैनन्। लुक्ने छैनन्। प्रश्न नै हाम्रो निरन्तर प्रक्रियाको हिस्सा रहने छ।

होमपेज मिडिया एउटा संयुक्त कर्मसहितको अभ्यास हो। हाम्रो समाचारकक्षको आकार कत्रो हुनेछ भन्ने कुराले त्यति धेरै अर्थ राख्दैन, जति हामीले कसरी र के काम गर्छौँ भन्ने कुराले राख्छ। पत्रकारिताको मूलभूत मूल्य र मान्यता हाम्रो मूल मन्त्र हो। समाजका सबै तह र तप्कादेखि राज्य संयन्त्रका सबै पक्षहरुमा नजर पुर्‍याउन सकियोस् भन्ने चाहन्छौं। उत्पीडित, दमित, सीमान्तकृत र पिँधमा रहेकाको आवाज र स्पन्दन मुखरित गर्न सकियोस् भन्ने चाहन्छौं। जसले समाज र आफ्नो क्षेत्रमा इमान्दारीपूर्वक योगदान दिएको छ त्यसलाई कुनै न हिसाबले उत्प्रेरित गर्न सकियोस् भन्ने चाहन्छौं। हाम्रो कर्मशील चाहनाको आयातन अरु फराकिलो हुनसक्छ तर यत्ति भन्छौं, सत्य र न्यायका पक्षमा लडिरहन सकियोस् भन्ने चाहन्छौं।

नेपालमा सबैभन्दा गतिमय हिसाबले तीव्र बदलावको चक्रमा परेको कुनै व्यावसायिक अभ्यास हो भने त्यो मिडिया नै। ०४६ को राजनीतिक परिवर्तनपछि बजारमा अखबार उदय जुन गतिमा थियो, त्यसको तुलनामा अहिले डिजिटल पत्रकारिताको उदय अझ तीव्र छ। यसले समाचारकक्षको संरचना र सामग्री कहने शैलीलाई समेत प्रभावित पारेको छ। शैली र तरिका जे भएपनि हाम्रा तमाम अभ्यासहरु पत्रकारिताका मूलभूत मान्यताले बाँधिएका हुनेछन्। संविधानप्रदत्त जनताका अधिकारको रक्षाको पक्षमा मात्र होइन देशको सार्वभौमिकता र अखण्डताका पक्षमा पनि हामी दह्रोसँग उभिने प्रतिबद्धता व्यक्त गर्दछौं।

नेपाल क्लिक्स डटकममार्फत् डिजिटल पत्रकारिताको हाम्रो यो अभियानमा जोडिने सबैप्रति हार्दिक धन्यवाद भन्न चाहन्छौं। पाठकको सुझाव, सल्लाह र सद्भावले हामीलाई सधैं उत्साही बनाइरहने छ।

धन्यवाद।

नारायण अमृत
अध्यक्ष/प्रधानसम्पादक
होमपेज मिडिया प्रा.लि
अनामनगर, काठमाडौँ।

प्रकाशित: २०७९ चैत १ गते बुधबार ०६:२४
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना