काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अर्थमन्त्री वर्षमान पुनसँग बजेट कार्यान्वयनको क्यालेन्डर माग गरेका छन्।
सोमबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि बोल्दै उनले यस्तो बताएका हुन्।
‘बजेट क्यालेन्डर एउटा निर्माण गरेर काम नगर्ने हो भने असारे विकास भनेर हामी जे चर्चा गरिरहेका छौं। त्यसको पुनरावृति हुने खतरा उत्तिकै छ,’ सांसद सापकोटाले भने।
काम गरे पुरस्कृत गर्ने र काम नगरे दण्डित हुने गरी बजेट क्यालेन्डर बनाएर जानुपर्ने उनको भनाइ छ।


