पोखरा– सूर्यदर्शन सहकारीका पीडितले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालोझण्डा देखाएका छन्।
पोखराका पीडितले दाहाललाई कालोझण्डा र ब्यानर देखाएका छन् ।
पोखरा सभागृहमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा प्रधानमन्त्रीलाई सहकारीका बचतकर्ताले कालो झण्डा र ब्यानर देखाएका हुन्।
त्यसपछि कालोझण्डा देखाउनलेलाई प्रहरीले बल प्रयोग गरेको थियो। कालो झण्डा र ब्यानर देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ।


