२०८३ कार्तिक २४ गते सोमबार

मुलुकमा अझै राष्ट्रिय एकता र समन्वयको आवश्यकता : पूर्वराष्ट्रपति भण्डारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २५
Bidya_bandari

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा अझै केही गर्न बाँकी रहेकाले त्यसका लागि राष्ट्रिय एकता र समन्वयको आवश्यकता रहेको बताएकी छन्।

मधुस्थली फाउन्डेशनले आज आयोजना गरेको वरिष्ठ वामपन्थी चिन्तक गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा दुईवटा वैचारिक प्रभाव रहेकामा एउटाले अर्काेको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढिरहेको तर अर्कोले अस्तित्वको स्वीकार गरेर अगाडि नबढिरहेको स्थिति रहेको औँल्याइन्।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय ‘एजेन्डा’मा कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सबै राजनीतिक दल एउटै धारमा उभिनुपर्ने तब मात्र देशलाई अगाडि बढाउन सकिने धारणा राखिन्। उनले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक खुराक दिइरहेको वैचारिक नेताका रूपमा आफूले चिनेको बताइन्। गोविन्दराज ज्ञवालीले वामपन्थी एकताका लागि मात्र नभइ, वाम शक्ति र प्रजातान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउन खेल्नुभएको भूमिकालाई इतिहासले उच्च मूल्यांकन गर्ने उनको भनाइ थियो।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा वाम खेमाबाट सन्तुलित विचार प्रवाह गर्नु हुने गोविन्दराज ज्ञवाली हामी सबैका लागि आदरणीय व्यक्तित्व हुनुहुन्छ,’ उनले भनिन्, ‘गोविन्दराज ज्ञवाली आधुनिक नेपालको सामाजिक राजनीतिक उतारचढावलाई ऐतिहासिक विश्लेषणसहित नियाल्न सक्ने थोरै व्यक्तित्वमध्येका एक हुनुहुन्छ।’

पूर्वराष्ट्रपति भण्डारीले टुटफुटले आक्रान्त नेपालको कम्युनिष्ट आन्दोलनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (साहना समूह) र मनमोहन समूहलाई २०४२ सालमा एक गराएर नेकपा (मार्क्सवादी) निर्माण गर्न र तत्कालीन नेकपा (मार्क्सवादी) र नेकपा (माले) लाई मिलाएर नेकपा (एमाले) को निर्माण गर्न गोविन्द ज्ञवालीको अहम् भूमिका रहेको उल्लेख गरिन्। ‘उनले कम्युनिष्ट राजनीतिक दललाई एक ठाउँमा उभ्याउनु भएको थियो। त्यसको साथै अर्को वैचारिक पक्षमा उभिएका साथीहरूलाई राष्ट्रिय मुद्दामा ल्याउने अनवरत प्रयास गरिरहनु भएको छ,’ उनले भनिन्।

उनले अग्रज पुस्ता र नवपुस्ताबीचको दूरी कम गर्न समन्वय गर्नुपर्नेमा जोड दिइन्। ‘इतिहासको जानकारी नलिँदा नवपुस्ताहरू र पुराना पुस्ताबीच ग्याप जस्तो देखिन्छ,। त्यो ग्याप मेटाउन यो कार्यक्रम कडीका रूपमा रहेको छ,’ उनले भनिन्, ‘ज्ञवालीले समाजलाई दिएको योगदानलाई समेट्ने र भावी पुस्तासमक्ष राखिदिने कर्तत्व हो। अहिले त्यो काम भएको छ। यसलाई निरन्तरता दिनुपर्दछ। पूर्व र पश्चिमका व्यक्तित्वबीच पनि अन्तरसम्बाद हुनुपर्दछ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले वामपन्थीलाई एक ठाउँमा जोड्नुपर्दछ भनेर सबभन्दा बढी जोड दिने नेताका रुपमा गोविन्दराज ज्ञवाली रहेको बताए। उनले ज्ञवालीले सिकाएको आदर्शको ज्ञान र कम्युनिष्ट आन्दोलनलाई नयाँ पुस्ताले निरन्तर जारी राख्ने बताए। कार्यक्रममा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले शान्त स्वभावका मृदुभाषी गोविन्दप्रसाद ज्ञवाली परिस्थितिको सूक्ष्म अध्ययन गर्न सक्ने व्यवहारवादी नेता रहेको चर्चा गरे। तुल्सीप्रसाद भट्टराईले गोविन्दराज ज्ञवाली कम्युनिष्ट आन्दोलन र समाज रुपान्तरणका लागि निरन्तर लाग्नुभएको व्यक्तिको रूपमा परिचित रहेको बताए।

प्रकाशित: २०८१ जेठ २५ गते शुक्रबार ०९:५६
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना