धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
एमाले र माओवादीलाई सहभागी गराएर मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
यसअघि एमाले र माओवादीले नेकपा एसबाट मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी गराउन सकेका थिएनन्।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएपछि सोमबार सोडारीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
एमालेले तीन जनालाई सोडारी सरकारमा मन्त्री बनाउने छ भने माओवादीले पनि तीन जनालाई नै सरकारमा पठाउने तयारी गरेको छ।
एमालेले अर्थमन्त्रीमा सुरेन्द्र पाललाई पठाउन लागेको छ। वीरबहादुर थापाको मन्त्रालय टुंगो लाग्न बाँकी छ।
माओवादी केन्द्रले ओमविक्रम भाटलाई सामाजिक विकासमन्त्री बनाउने गरी सरकारमा पठाउने भएको छ। माओवादीकै हिरा सार्कीको मन्त्रालय टुंगिन बाँकी छ।
सोडारीले मुख्यमन्त्री भएको झन्डै दुई महिनापछि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।


