काठमाडौँ- आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी चार अर्बको २५ प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस सेयर दिने भएको छ।
कम्पनीको सातौँ साधारणसभाले कर प्रयोजनका लागि समेत १.३१५८ प्रतिशतले हुन आउने पाँच करोड २६ लाख ३१ हजार पाँच सय ७९ रुपैयाँबराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा सम्पन्न साधारणसभामा सर्वसाधारण सेयरधनी समूहबाट रविनकुमार नेपाल निर्विरोध सञ्चालन समिति सदस्यमा चयन भएका छन्। बोनस सेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुग्नेछ।


