जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यसमिति चयनका लागि मतदानको कार्यक्रम सुरु भएको छ।
अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेकाले अध्यक्ष बाहेकका पदमा निर्वाचन हुन लागेको हो।
२०१ सदस्यीय कार्यसमितिका लागि मतदान तय भएको हो।
सोमबारदेखि जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति कलाकेन्द्रमा जारी जसपा नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म मनोनयन दर्ता भएको थियो।
एकजना सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ। सहअध्यक्षका लागि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, रकम चेम्जोङ र संघीय सांसद राजकिशोर यादव उम्मेदवार छन्।
५ उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाले उम्मेदवार छन्।
दुई महासचिवका लागि ६ जनाको उम्मेदवारी छ। महासचिव पदमा बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोक कुमार यादवको उम्मेदवारी परेको छ।
सचिवमा ३४ जनाले उम्मेदवारी दिएका छन्। महाधिवेशनमा १ हजार ३४९ प्रतिनिधि छन्।
उपाध्यक्ष (५ जना निर्वाचित हुने) पदका उम्मेदवार
मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी
महिला उपाध्यक्षतर्फ : रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापा
सहमहासचिवका उम्मेदवार
डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जयप्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव
कोषाध्यक्षका उम्मेदवार : रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादव


