काठमाडौँ- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागुऔषध प्रयोगमा बन्देज लगाउने नीति अख्तियार गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन्।
महानगर क्षेत्रमा जंकफूडलाई पनि निरुत्साहित गरिने उनको भनाइ छ।
महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ।
मेयर शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने पनि उल्लेख गरे। ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने उनको भनाइ छ।


