काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब ९ हजार जमिन अतिक्रमणको ‘बिग अप्रेसन’ सुरु गर्ने बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले यस्तो बताएका हुन्।
‘बृहत्तर जनकपुर क्षेत्रको करिब ९ हजार बिघा अतिक्रमित जमिनको गृह मन्त्रालयले बिग अप्रेसन सुरु गर्दैछौँ,’ मन्त्री लामिछानेले भने, ‘हुँदैछ गर्दैछौ, कुनै त्यस्तो नेता वा व्यक्तिलाई हामी बचाउँदैनौँ।’
सय दिनमा भएका कामको लिस्ट दिएर जुँगा नमुठार्ने उनको भनाइ छ। अब ऐतिहासिक काम गर्ने भन्दै सय दिनमा बेस निर्माणको काम गरेको उनको जिकिर छ।


