काठमाडौँ- साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर बन्द भएको छ। मंगलबार २०७६.४९ बिन्दुमा कायम भएको छ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
मंगलबार ३१८ स्क्रिप्सको ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँमा किनबेच भयो।
दोहोरो अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लागेको थियो। समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।
मंगलबार १३ वटै समूहको उपसूचक नकारात्मक देखिएका छन्।
यसदिन कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा १९८ वटाको मूल्य घटयो। ९ वटा स्टकको मूल्य भने स्थिर रह्यो।


