काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कदैँ छन्। स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर उनी आज बिहान स्वदेश फर्कन लागेका हुन्।
जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेका थिए।
भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ।


