काठमाडौँ- नेपाली कांग्रेसको भातृसंस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ८३ सदस्य मनोनयन गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले सङ्घमा उनीहरुलाई मनोनयन गरेका हुन्।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी संघमा उनीहरू मनोनित भएको जानकारी दिए।


