काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्धको रिटमाथि अर्को सुनुवाइ असार १८ गते हुने भएको छ।
लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा १८ गते सुनुवाइ हुने भएको हो।
अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई निलम्बन गर्न माग गर्दै रिट दायर गरेका थिए।


