२०८३ कार्तिक २२ गते शनिवार

३५ पैसा पर्ने अन्तशुल्क स्टिकरलाई ८५ पैसामा ठेक्का, मुख्यसचिवविरुद्ध ३८ करोडको भ्रष्टाचार मुद्दा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ९
Mukhya Sachib Dr. Baikuntha Arya

काठमाडौँ– मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अुनसन्धान आयोगले अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएको हो।

अर्याल भ्रष्टाचारमा संलग्न भएको देखिएपछि आयोगको टोलीले विशेष अदालत पुगेर आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

अन्त:शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानमा देखिएको थियो। यो प्रकरणमा आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

मदिराको बोलतमा राखिने अन्तशुल्क स्टिकर छपाइको क्रममा अर्यालसहितका सरकारी अधिकारीले भ्रष्टाचार गरेको देखिएको अख्तियारको आरोपमा छ।

आन्तरिक राजस्व विभागका लागि अन्तशुल्क स्टिकर छपाइका लागि सेक्युरिटी प्रिन्टिङ प्रेसले टेन्डर आह्वान गरिएको थियो। ४३ करोड ३२ थान स्टिकर प्रतिथान ८५ पैसाका दरमा छाप्ने गरी छपाइको ठेक्का पाएको प्रिन्टसेलसँग सम्झौता भएको थियो।

प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी अख्तियारमा पुगेको थियो। यसपछि आयोगले छानबिन अघि बढाएको थियो।

मुद्दा दर्ता भएसँगै मुख्यसचिव अर्याल निलम्बनमा पर्ने भएका छन्। सञ्चार तथा सूचना प्रविधि सचिव हुँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्षको हैसियतमा मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अख्तियारले अन्त:शुल्क स्टिकर खरिदमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो माग दाबी गरेको छ।

मुख्यसचिव अर्याल, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेश शाक्य, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक पाण्डे, आन्तरिक राजश्व विभागकै तत्कालीन निर्देशक गणेशविक्रम शाही र अधिकृत रवीन्द्रकिक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित  केन्द्रका हरिवल्लभ घिमिरे र लेखा अधिकृत विष्णुप्रसाद गौतमलाई पनि प्रतिवादी बनाइएको छ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ, स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्टसेल प्रालिका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ।

प्रकाशित: २०८१ असार ९ गते आईतबार ०४:३३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना