काठमाडौँ– व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे जरिमाना लाग्ने भएको छ। प्रत्येक पटकको कारोबारमा कम्तीमा ५ हजार रुपैयाँ जरिमाना लिने व्यवस्था आगामी आवको बजेटमा व्यवस्था गरिएको हो।
हरेक पटकको कारोबारमा पाँच हजार रूपैयाँभन्दा बढी वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था ऐनमा छ।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सूचना जारी गरेको छ।
‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन,’ आर्थिक ऐनमा उल्लेख छ।
यसले कर चुहावट घटाउन तथा असल कारोबार गर्न सहयोग पुर्याउने आन्तरिक राजस्व विभागले जनाएको छ।
त्यस्तै आयतित वस्तुको भ्याट बल काट्ने क्रममा हार्मोनाइज कोड उल्लेख गर्ने व्यवस्था पनि आर्थिक ऐन २०८१ मा गरिएको छ।


