काठमाडौँ- घनश्याम भुसाललाई नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाउन झलनाथ खनालले साथ दिने भएका छन्।
काठमाडौँको डल्लुस्थित खनालनिवासमा दुई नेताबीच भएको छलफलले यस्तो सहमति जुटाएको हो।
खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य नरेशकुमार शाहीबीच छलफल भएको थियो।
यसअघि खनाल आफैँ अध्यक्ष बन्न उम्मेदवार बन्ने बताएका थिए। सहमतिसँगै खनाल अध्यक्षको दाबीबाट पछि हटेका हुन्।
भुसाल हाल पार्टीका महासचिव छन् भने खनाल सम्मानित नेता छन्।
उता हालका अध्यक्ष माधवकुमार नेपाल आफू नै अध्यक्षमा दोहोरिने गरी रणनीति निर्माणमा लागेका छन्।
असार १६ गतेदेखि एकीकृत समाजवादीको महाधिवेशन हुँदैछ।
एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादीले पहिलोपल्ट महाधिवेशन गर्न लागेको हो।


